‘दाङको समृद्धिका लागि भुमिका खेल्ने छौ’

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १४:१३
 
smart

दाङ : दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरुले जिल्लाको समृद्धिको लागि भुमिका खेल्ने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढनु पर्ने उनीहरुको भनाइ रहेको थियो । दाङ क्षेत्र नं. २ प्रतिनिधि सभाका निर्वाचित सदस्य रेखा शर्माले जिल्लाको विकासका लागि सबै एउटै स्थानमा उभिनु पर्ने बताइन् ।

सबै दलहरु तथा सरोकारवालाहरु एउटै स्थानमा उभिएर अगाडि वढेमा विकासका काम अगाडि वढाउन सहज हुने उनको भनाइ रहेको थियो । विकास निर्माणमा राजनिती गर्न नहुने उनको भनाइ रहेको छ ।

‘उम्मेदवार हुदा राजनितीक दलवाट भए हौला निर्वाचित भएपनि साझा भएर काम गर्नु पर्दछ’ उनले भनिन् ।

दाङ क्षेत्र नं.२ (१) वाट निर्वाचित प्रदेश सभा सदस्य राजु खनालले विकास निर्माणका कार्यमा देखिएका समस्या समाधान गर्न नितीगत रुपमा परिवर्तन गर्न आवस्यक रहेको बताए ।

नितीगत रुपमा केही त्रुटि हुदा समस्या भएको उनको भनाइ रहेको छ । नितीगत रुपमा परिवर्तन गरेर अगाडि वढदा काम गर्न सजिलो हुने उनले बताए ।

‘पैसा नभएर विकास निर्माणका काम रोकिएको होइन नितीगत रुपमा समस्या हुदा विकास निर्माणका कामहरु अलपत्र परेका छन्’ उनले भने ।

दाङ क्षेत्र नं.२ (२) वाट नव निर्वाचित प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जिल्लाको विकासलाइ सडक सञ्जालले जोडनु पर्ने बताए ।


सडक सञ्जालले जोडन सकेमा जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । अन्र्तर जिल्ला जोडने सडक सञ्जाल जोडन सकेमा यस क्षेत्रलाइ अगाडि वढाउन सकिने उनले बताए ।

‘जिल्लामा धेरै संभावना रहेका छन् संभावनालाइ सदुपयोग गरेर अगाडि बढन आवश्यक छ’ न्यौपानेले भने ।’ जिल्लामा कृषि, औद्योगिक तथा पर्यटन क्षेत्रको धेरै संभावना रहेको उनले बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले आर्थिक विकासका लागि सबै मिलेर अगाडि वढनु पर्ने बताए ।

जिल्लाको आर्थिक विकासका लागि औद्योगिकको कार्यान्वयन, एयरपोर्ट सञ्चालन, राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकास, नाप तौलको कार्यालय स्थापना लगाएतका कामहरु अगाडि वढाउनु पर्ने बताए ।

कार्यक्रममा वोल्ने बक्ताहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उदेश्य अनुसार काम अगाडि वढाउनुस पर्ने, कोइलावास नाकामा भन्सार प्रभावकारी रुपमा सञ्चालन गराउन तर्फ लाग्न आग्रह गरेका थिए ।

उनीहरुले शुसासन पार्दशिता रुपमा काम गर्न, नमुनाको रुपमा काम गर्न, नविनतम सोचका साथ अगाडि वढनु पर्ने, नितीगत सुधार गर्न अगाडि वढन आग्रह गरेका थिए ।

कार्यक्रममा संघका पुर्व अध्यक्षहरु रामदयाल गुप्ता, हेमराज वन्जाडे, मधुसुदन वैद्य, माधवप्रसाद शर्मा, चन्द्रराज पन्त, निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्मा, उद्योग उपाध्यक्ष अनिल आचार्य लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा नवनिर्वाचितहरुलाई टीका र माला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए ।

कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा ६४ जना उम्मेदवारको जमानत जफत

१३ मंसिर २०७९, मंगलवार १४:१३
दाङ : दाङमा नेकपा एमालेबाट विद्रोह गरेर हाम्रो नेपाली पार्टीबाट मंसिर ४ को चुनावमा उम्मेदवार भएकी गंगा चौधरी (सत्गौवा)सहित ६४ जनाको जमानत जफत भएको छ । गंगा चौधरीलाई एमालेले टिकट नदिएपछि हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन् । उनले मात्र […]