सुरक्षाको दृष्टिकोणले कैलाली अति संवेदनशील

सदरलाइन संवाददाता २ मंसिर २०७९, शुक्रबार १५:०२
 

कैलाली : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन् । मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए । कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको छ ।


‘जिल्लाभरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन’ उनले भने । जिल्ला सुरक्षा समितिको टोलीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरेर फर्केको उनले उल्लेख गरे ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टका अनुसार कैलाली निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन छन् । जिल्लामा ६ सय २९ मतदान केन्द्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राँझामा आकाशे पुलको निर्माण शुरू, अरू ठाउँमा पनि चाँडै शुरू हुने

२ मंसिर २०७९, शुक्रबार १५:०२
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझामा आकाशे पुलको काम शुरू भएको छ । नेपालगञ्जका सडकमाथि बन्ने चारवटा यस्ता आकाशेपुल (ओभरहेड ब्रिज) मध्ये एउटा राझाको पुल निर्माणको काम शुरू भएको हो । केही समयअघि नेपालगञ्जका चार ठाउँ र कोहलपुरमा एउटा यस्तै पुलको शिलान्यास भएको थियो । एउटा पुलका लागि करिब ८ करोड […]

सम्बन्धित