बैजनाथका बाढी पीडितलाई अत्यावश्यक सामग्री प्रदान

सदरलाइन संवाददाता २५ आश्विन २०७९, मंगलवार १३:५९
 

बैजनाथ (बाँके) : अबिरल वर्षाका कारण घरबार विहिन भएका पीडितलाई बैजनाथ गाउँपालिकाले अत्यावश्यक सामग्री वितरण गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा उक्त सामग्री वितरण गरिएको हो ।

बैजनाथको वडा नम्बर १, २, ३ र ८ का अतिविपन्न सहित पीडितलाई खाद्यान्न, त्रिपाल र झुल वितरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए । ‘उक्त वडाका करिव ४० घर परिवारलाई सामग्री वितरण गरिएको उनले बताए । अध्यक्ष शाहीका अनुसार अतिविपन्न परिवारलाई खाद्यान्नसहित त्रिपाल र झुल वितरण गरिएको छ ।


अन्य पीडितलाई त्रिपाल र झुल वितरण गरिएको शाहीले जानकारी दिए । ‘हामीले तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरेका हौं, अझै केही वडामा वितरण गर्न बाँकी नै छ,’ उनले भने । विपदको समयमा गाउँपालिकाले अत्यावश्यक सामग्री वितरण गर्दा पीडितले धन्यवाद दिएका थिए ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सम्बन्धित वडाका वडाअध्यक्ष, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । अबिरल वर्षाले गाउँपालिका भित्र पुर्याएको क्षतिको यहाँका जनप्रतिनिधीले निरीक्षण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको गोदाममै थन्कियो २५ सय टन जडीबुटी

२५ आश्विन २०७९, मंगलवार १३:५९
नेपालगञ्ज : भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो । यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगन्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ । सङ्घका […]

सम्बन्धित