नेपालगञ्ज : प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा शनिवार सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाईंदै छ ।
विश्वकर्मा पूजाका अवसरमा कलकारखानामा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् ।
शनिवार पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।