खजुरा (बाँके) : नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ । त्यसक्रममा मंगलवार बाँकेको खजुरामा पार्टी केन्द्रीय नेताहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम शुरु भएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
पार्टी अध्यक्ष कक्षपतिका अनुसार, केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताहरु प्रशिक्षणका लागि परिचालन भएका छन् ।
केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारी प्रशिक्षणमा सहभागी भएको अध्यक्ष कक्षपतिको भनाइ छ ।