नेपालगञ्ज : बाँकेमा सोमवार ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । १ जना बाहिरी जिल्लाका हुन् ।
भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । यस्तै ४ जना निको भएका छन् ।
बाँकेमा कोरोना संक्रमितको संख्या २१ हजार २१३ पुगेको छ । यस्तै २० हजार ८०९ जना निको भइसकेका छन् । अहिले बाँकेमा ५१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् ।