जमुनाहा नाकामा खटिएका दुई स्वास्थ्यकर्मीमा कोरोना

सदरलाइन संवाददाता २६ पुष २०७८, सोमबार १३:१२
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाका हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । एकजना ल्यावमा कार्यरत कर्मचारी र अर्का पारामेडिक्स कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएको हो ।

हेल्थ डेस्कमा खटिएका कर्मचारीमा भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्यकर्मीको अभाव भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ ।

त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ । प्रहरीले कोरोना जाँच गरेर मात्रै जान भनेपछि भारतबाट आएकाहरू घण्टौँ लाइन लागेर एन्टिजेन जाँच गर्ने गरेका छन् ।


दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ । सानो ठाउँ छ । लाइन लाग्दा लामो र भीड देखिन्छ। कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसको चाप बढी छ ।

भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदरावाद, चेन्नाईबाट आएका व्यक्तिमा कोरोना देखिएको छ । यतिबेला नाकामा सबैमा ओमिक्रोन देखिएको छ।नेपालगञ्ज नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगञ्जस्थित बालमन्दिरको आइसोलेसनमा ल्याउने गरिएको छ ।

आइसोलेसनमा ल्याइएका व्यक्तिलाई सम्बन्धित पालिकाबाट गाडी मगाएर पठाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु

२६ पुष २०७८, सोमबार १३:१२
नेपालगञ्ज : दाङमा सोमवार विहान बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ । भारतको मोतिहारी जिल्ला बस्ने असिर आलकका ९ महिने छोरा नानु आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दोलाई खोला […]