बाँकेमा सोमवार २ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १९ पुष २०७८, सोमबार १५:५४
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १६ नमुना जाँच्दा १ र मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये १ जना दाङका र १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाक्लो हुस्सुसँगै नेपालगञ्जमा चिसो बढ्यो

१९ पुष २०७८, सोमबार १५:५४
नेपालगञ्ज : नेपालगञ्जमा चिसो बढेको छ । दुई दिनदेखि विहान र साँझ शीतलहरसँगै कुहिरो लागिरहेको छ । नेपालगञ्जको तापक्रम घट्दै गएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार नेपालगञ्जमा न्यूनतम तापक्रम १० देखि १५ डिग्री सेल्सियसमा झरेको छ । विहान र साँझ शीतलहरसँगै कुहिरो लागेपनि दिउँसो केहीबेर […]