डुडुवामा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ चल्दै

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १६:५५
 

डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ ।

महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर ८ गते शुरु भएको ज्ञान महायज्ञ मसिंर १५ गते समापन हुनेछ ।


महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डाराको आयोजना गरिएको आयोजक मिश्रले बताए । उनका अनुसार दैनिक कथा सुन्नका लागि गाउँ आसपासका श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।

महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीको साथमा भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र सदानन्द मिश्रको समुहले बाद्यबादनका साथ पुजा पाठ, भजनभाव, किर्तन तथा संगीत कथा बाचन गरिरहेको महायज्ञका संयोजक पण्डित रामप्रताप शास्त्री महाराज जीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा स्थानीय शिक्षा नीति निर्माण कार्यशाला सम्पन्न

१२ मंसिर २०७८, आईतवार १६:५५
ठाकुरद्वारा (बर्दिया) :  प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारी एवम शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र बर्दिया जिल्लाका ८ वटै स्थानीय तहको समन्वयमा स्थानीय शिक्षा नीति निर्माण सम्बन्धी तीन दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न भएको छ । सो कार्यशालामा स्थानीय तहले शिक्षामा गरेका राम्रा असल […]