नेपालगञ्ज : ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित आज २५ कात्तिकबाट मंसिर ९ गतेसम्म सम्पन्न हुने राष्ट्रिय जनगणनाका जनगणना कार्यालय बाँकेले नेपालगञ्जमा सचेतनामुलक प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रभातफेरी कार्यक्रममा राष्ट्र सेवक कर्मचारी, गणक, सुपरिवेक्षक लगाएत सहभागी रहेको प्रभातफेरी बीपीचोकबाट सुरु गरी नगर परिक्रमा गरी धम्बोझीचोकमा समापन भएको थियो ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले प्रत्यक १०–१० वर्षमा हुने जनगणनामा कोही पनि नछुट्नको लागि गणनामा खट्ने गणक र सुपरिवेक्षकलाई निर्देशन दिए । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२ औँ राष्ट्रिय जनगणना हो ।
जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले बाँकेका ८ वटै पालिकामा अनुमानित १ लाख ३२ हजार घरधुरीसम्म पुग्नको लागि ६ सय २७ गणक र १ सय ४२ सुपरिवेक्षक खटाईएको जानकारी दिए ।
यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणनामा गणक घरघर पुगेर तथ्याङ्क लिने जनगणना कार्यका लागि खटिएका गणकले राष्ट्रिय जनगणना, २०७८ मा सोधिने प्रश्नावलीमा घर र घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सार्वजनिक गरि सकेकोले सहज हुने विश्वास गरिएको छ ।