नेपालगञ्ज : भारतबाट फर्किरहेका नेपालीहरुलाई जमुनाहा नाकामा खोप लगाउन शुरु गरिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरु चाडपर्व मनाउन यतिबेला घर फर्किरहेका छन् ।
उनीहरुलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । कतिपयले उतै खोप लगाइसकेका छन् । खोप नलगाएकाहरुलाई नाकामै खोप लगाएर घर पठाउने गरिएको हो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले नाकामै परदेशीहरुलाई खोप लगाउन शुरु गरिएको हो ।
यस्तै नाकामा कोभिड पहिचानका लागि एन्टिजेन विधिबाट जाँच गर्ने काम पनि भइरहेको छ ।