मेडिकल कलेज कोहलपुरले मनायो विश्व गर्भनिरोधक दिवस

सदरलाइन संवाददाता ११ आश्विन २०७८, सोमबार १२:५५
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विश्व गर्भनिरोधक दिवस मनाएको छ । कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रभातफेरीको आयोजनागरी दिवस मनाएका हुन् ।

कोहलपुरको न्यूरोडबाट शुरु भएको र्याली एनटिभी रोड हुँदै अस्पताल परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ‘सुरक्षित गर्भपतनको अधिकार, मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको डा सुनिल यादवले जानकारी दिए ।

अहिलेपनि गर्भनिरोधका बारेमा अहिलेपनि धेरैलाई थाहा नभएको भन्दै गर्भनिरोधक साधनको उपयोगिता र महत्वबारे आमनागरिकलाई जानकारी गराउन आवश्यक रहेको प्रभातफेरीमा सहभागी चिकित्सकहरुको भनाई थियो ।


अस्पतालका बरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा मीता सिंहले गर्भनिरोधका साधनबारे नकरात्मक बुझाईलाई चिर्न आवश्यक रहेको बताइन् । उनले गर्भनिरोधकका साधनको उपयोग गरेर असुरक्षितरुपमा हुने गर्भपतनलाई रोक्नु अहिलेको चुनौति बनेको बताइन् ।

दिवसका अवसरमा अस्पतालमा उपचारका लागि आएका सबैलाई परिवार नियोजनको बारेमा जानकारीका साथै परामर्श समेत दिइएको बताइएको छ ।

कार्यक्रममा डा अनुप शर्मा, डा दिनेश श्रेष्ठ, डा दुर्गा विसी, डा राजश्री झा, डा प्रज्ञा गौतम, डा विमलेन्द्र यादवलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको आक्रमणबाट बर्दियामा २२ बाख्रा मरे

११ आश्विन २०७८, सोमबार १२:५५
बर्दिया : चितुवाको आक्रमणबाट बर्दियामा २२ वटा बाख्रा मृत अवस्थामा फेला परेका छन् । बर्दिया गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा आइतवार राती चितुवाले आक्रमण गर्दा २२ वटा बाख्रा मरेका हुन् । रातीको समयमा चितुवा आई खोरमा रहेका […]