बाँकेमा मंगलवार १५ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ५ आश्विन २०७८, मंगलवार १५:१७
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७६ नमुना परीक्षण गर्दा १४ र बागेश्वरी प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जना संक्रमित थपिएका हुन् । मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलवार संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् ।


नेपालगञ्ज र खजुराका २–२, राप्तीसोनारी र कोहलपुर नगरपालिकाका १–१ जना रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार १ सय ४८ पुगेको छ ।

यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ६० पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ८१ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा अवैध सामान नियन्त्रणमा लिई भन्सारमा

५ आश्विन २०७८, मंगलवार १५:१७
नेपालगञ्ज : भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउदै गरेको करिव पौने ३ लाख रुपैयाँ बराबरको समान बाँके प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज भन्सारमा बुझाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ बाट अवैध रुपमा नेपाल भित्र्याएका लत्ताकपडा, चिनी र हार्डवेयर लगायतका विभिन्न समानहरु सोमबार बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । […]