भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको निश्कर्ष

सदरलाइन संवाददाता २८ भाद्र २०७८, सोमबार १५:४५
 

नेपालगञ्ज : भेरी अस्पतालमा गएको भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानविन समितिले निश्कर्ष निकालेको छ । त्यहीअनुसारको प्रतिवेदन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको छ ।

अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम संस्कार गर्नेक्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको टयाग लागेको देखिएको थियो ।

एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरीमै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानविन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका बिषयमा सहमति भएपछि पीडितका आफन्तहरुले आन्दोलन रोकेका थिए ।


छानविन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहोर्याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ । एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि निर्देशन दिएको छ ।

समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार समेत स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य बसन्त गौतमले जानकारी दिनुभयो । बालरोग बिशेषज्ञ डा रोमा बोराको नेतृत्वमा छानविन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवधी पत्रकार संघ बाँकेको अध्यक्षमा शाहू

२८ भाद्र २०७८, सोमबार १५:४५
नेपालगञ्ज : अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार नन्दलाल शाहूलाई दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको भाद्र २२ गतेको बैठकले बाँके शाखाको कार्यावाहक अध्यक्षको जिम्मेवारी शाहूलाई दिएको हो । संघ केन्द्रीय समितिले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा संघका बाँके जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले […]

सम्बन्धित