नेपालगञ्ज : बाँकेमा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आइतबार कोहलपुर नगरपालिका- ५ मा एमालेबाट निर्वाचित वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । उनले भने,‘ बाँकेमा समाजवादी राेज्ने म नै पहिलो जनप्रतिनिधि हाे । मंगलबारसम्म समय छ साथीहरु अरु पनि थपिनु हुनेछ।’
नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ । न्युजकारखानाबाट