डुडुवाका बाढी पीडितलाई नगद राहत हस्तान्त्रण

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार १७:२४
 


नेपालगञ्ज  : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले गत भदै ११ गते डुडुवा नदीमा आएको बाढीका कारण डुडुवा गाउपालिका–२ कधैपुरवा गाउका घरबार बिहीन भएका बढी पीडितलार्ई राहत बितरण गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा डुडुवाको कधैपुरवा पुगेको टोलीले बाढीले घर बगाएको ३ घरधुरीलाई जनही १५ हजारका दरले नगद राहत बितरण गरिएको हो । पछि गाउपालिका र अन्य निकायले पनि उनीहरुको व्यवस्थापनको लागि राहात उपलब्ध गराउने बताईएको छ ।

भदौ ११ गते डुडुवा नदीमा आएको बाढीका कारण डुडुवा गाउपालिका २ कधैपुरवाका स्थानीय ओमकार लोनिया, सुन्दर लोनिया र वहुरी लोनियाको घर पूर्ण रुपले क्षति हुने गरी बगाएको थियो ।


जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट नगद राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिदै बाढी पीडितलाई तत्काल आफ्नो जोहो गर्नको लागि सहज होस भनेर राहत उपलब्ध गराएको बताए । उनले तत्कालको लागि उनीहरुको व्यवस्थापन सुरक्षित स्थानमा गरिएको र दिर्घकालिन रुपमा बाढी कटानको समस्या समाधानको लागि पहल गरिने बताए ।

सो अवसरमा पीडितहरुले आफुहरुको सुरक्षति घरबासको लागि पहल गरिदिन आग्रह गरेका थिए । जिल्ला समस्व्य समित बाँकेका सह संयोजक ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण असधकारी, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, नेपाली सेना भैरवप्रसाद गणका गणपति जनमतबहदुर कार्की, राष्ट्रिय अनुसन्धान, नेपाल रेडक्रश बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनालगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकै व्यक्तिको तीनवटा जन्मदर्ता, कीर्ते गरेर मुद्दा चलाएको दाबी

१४ भाद्र २०७८, सोमबार १७:२४
डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ बाट एक युवतीको तीन वटा फरक–फरक मितिमा जन्मदर्ता भएको पाइएको छ । केही समय अघि डुडुवा गाउपालिका–१ टेपरीका दिनानाथ मौर्यलाई सोही गाउकी एक किशोरीले भारतीय युवकसंग प्रेम विवाह गरेपछि ती युवतीका आफन्तले दिनानाथको नाउमा अपहरण, बेचविखन, बालविवाहलगायतको विषयमा प्रहरीमा मुद्दा हालेपछि […]