कोरोना कहरमा सहयोग गर्ने दातालाई भेरी अस्पतालको सम्मान

लक्ष्मी तिमिल्सेना १२ भाद्र २०७८, शनिबार १९:१८
 


नेपालगञ्ज : कोरोना कहरको बेलामा आईशोलेशन निर्माण गर्न, विभिन्न उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने दातालाई नेपालगन्जको भेरी अस्पतालले सम्मान गरेको छ ।

अस्पतालले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कोरोना महामारीको बेलामा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्था गरी ७८ जनालाई सम्मान गरेको हो ।

अस्पतालले शनिबार नेपालगन्जमा सम्मान कार्यक्रमको आयोजना गर्दै कोरोना संक्रमितहरुको उपचार गर्नका लागि अस्पतालमा थप कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरेको हो ।


भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको सो कार्याक्रममा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले महामारीको बेलामा मानविय जीवन जोगाउनको लागि अस्पतालमा विभिन्न स्वास्थ्य समाग्री उपलब्ध गराएर, वार्ड निर्माण तथा आईपर्ने विभिन्न समस्या समाधानको लागि सहयोग गरेकोले नै दोस्रो भेरियन्टमा सजिलै सामना गर्न सकिएको बताए ।

कोरोना कहरको बेलामा भेरी अस्पतालमा उपचारको लागि आउने संक्रमितलाई उपचारको लागि विभिन्न दाताहरुबाट उपलब्ध गराईएको स्वास्थ्य सामाग्री प्रयोग गरिएको थियो । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, कोभिड वार्ड निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलगायतले विभिन्न दाताहरुलाई सम्मान गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘भारतीय पर्यटक भित्र्याउन सीमा क्षेत्रमा लचिलो हुन आवश्यक’

१२ भाद्र २०७८, शनिबार १९:१८
नेपालगञ्ज : नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पश्चिम नेपालको हरेक क्षेत्र पर्यटकिय क्षेत्र र हरेक समयलाई पर्यटकको उपयुक्त समय बनाउन सक्नुपर्नेमा जोड दिएका छन् । बाँके राष्ट्रिय निकुञ्जले शनिवार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख डा. रेग्मीले यहाँका […]