बाँकेमा भेरोसेल खोपको दोस्रो डोज भदौ ७ र ८ गते दिइने

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १५:३७
 

नेपालगञ्ज : बाँकेमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज यही भदौ ७ र ८ गते दिइने भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई यही भदौ ७ र ८ गते जिल्लाका आठवटै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत दोस्रो डोज दिन लागिएको हो ।


बाँकेमा साउन ३, ४ ५ र १०, ११ र १२ गरी दुई चरणमा ८ पालिकाका ३३ हजार ३ सय ३३ जनालाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । ५५ वर्षमाथिका जेष्ठ नागरिक, यातायातकर्मी अर्थात सार्वजनिक सवारी साधनका चालक–सहचालक, शिक्षक तथा प्राध्यापकलाई खोप लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ट्राफिकद्धारा १८ लाख बढी राजश्व संकलन

३ भाद्र २०७८, बिहीबार १५:३७
नेपालगञ्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पहिलो महिनामा १८ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख राजु भण्डारीले दिएको जानकारी अनुसार, साउन महिनामा ३ हजार १ सय ७० वटा सवारीसाधन कारवाहीमा १८ लाख ५ हजार राजश्व संकलन भएको हो । साउन महिनामा ८ वटा […]