नेपालगञ्ज : शनिवार बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बाँकेका ११ जना रहेका छन् । आज ७ जना डिष्चार्ज भएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १३९ नमुना परीक्षणमा बाँकेका ११ जनासहित २१ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा ११ जना, मेडिकलमा कलेज कोहलपुरमा ६ जना बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
हालसम्म बाँकेमा १७ हजार ७ सय १७ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार २ सय ७९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २२ जनाको मृत्यु भएको छ ।
जिल्लामा १३२ जना सक्रिय संक्रमित रहँदा ४० जना अस्पताल र आइसोलेसनमा छन् भने ११७ जना होम आइसोलेसनमा छन् ।