‘फ्लोरक्रस’ गर्ने कर्णालीका चार एमाले सांसदको कारबाही सर्वोच्चद्वारा सदर

सदरलाइन संवाददाता १८ श्रावण २०७८, सोमबार १८:२०
 


काठमाडौं : पार्टी व्हीप नमानी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेक्रममा ‘फ्लोर क्रस’ गर्ने चार एमाले प्रदेश सभा सदस्यलाई पार्टीले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले चार सांसदलाई पार्टीले गरेको कारबाही निर्णय सदर गरेको हो ।


सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेश आफैले खारेज गर्दै ओलीको भ्याकेटमा फैसला गरेको हो । कर्णाली प्रदेशसभाका सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले ‘फ्लोर क्रस’ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीद्वारा विभिन्न मुद्दाका फरार अपराधी नियन्त्रण

१८ श्रावण २०७८, सोमबार १८:२०
बर्दिया  : बर्दिया जिल्ला अदालतको फैसला अनुसार चेक अनादर मुद्दामा कसुरवार ठहराई फैसला सुनाएको एक फरार व्यक्तिलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ । बढैयाताल गाउँपालिका वडानं.६ बस्ने लालबहादुर थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाएको […]