नसर्ने रोग सम्बन्धी नेपालगञ्जमा अन्तरक्रिया

सदरलाइन संवाददाता २९ असार २०७८, मंगलवार १५:०५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नसर्ने रोगहरु सम्वन्धि मंगलवार सरोकारवालाहरुसँग नेपालगञ्जमा अन्तरक्रिया गरेको छ । सर्नेभन्दा पनि नसर्ने रोगका कारण मानिसहरुको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएपछि उपमहानगरपालिकाले नसर्ने रोगका बारेमा सचेतना फैलाउने उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालमा सर्ने भन्दापनि नसर्ने रोगका कारण ९३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य सेवा विभागको तथ्याङ्कलाई उद्धृत गर्दै उनले ७ प्रतिशत मानिसको मात्रै सर्ने रोगका कारण मृत्यु हुने गरेको बताए । अस्पतालमा भर्ना भएका बिरामी मध्ये ९२ प्रतिशत नसर्ने रोगका हुने र ८ प्रतिशतमात्रै सर्ने रोगका बिरामी भर्ना हुने गरेका छन् ।


मधुमेह, मुटुरोग, दीर्घ श्वासप्रश्वास, सूर्तिजन्यलगायत नसर्ने रोगका कारण मानिसहरुको मृत्युदर उच्च देखिएको छ । शारीरिक निष्किृयता, धुम्रमान, मध्यपानको प्रयोग र अस्वस्थ खानपानका कारण मानिसहरु नसर्ने रोगको चपेटामा पर्ने गरेका छन् ।

स्वास्थ्य शाखा प्रमुख चन्दले नसर्ने रोगबाट जोगिन कम्तिमा पनि आफ्नो स्वास्थ्यबारे नियमित जाँच गराउने र खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तुलसीपुरमा एक युवामाथि खुकुरी प्रहार

२९ असार २०७८, मंगलवार १५:०५
दाङ : जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार गरिएको छ । मंगलवार बिहान तुलसीपुर ८ दोघरेमा रहेको केएम जिम क्लबमा जिम गरिरहेका तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट सुनार घाइते भएका छन् । प्रहरीका अनुसार पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक […]