सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ जनाको ज्यान गएको छ । कोरोना संक्रमितमध्ये अहिलेसम्म दुई सय ६६ जना निको भएको अधिकारीहरुले बताएका छन् ।
भारतमा आइतवार तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना कारण विश्वभर १२ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् भने ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै दुई लाख ४६ हजार ६ सयभन्दा बढी निको भएका छन् ।
Next Post
लकडाउनका कारण बाँके बाहिरका विद्यार्थीको नेपालगञ्जमा बिचल्ली
२३ चैत्र २०७६, आईतवार १४:५३
सम्बन्धित
-
९ असार २०८०, शनिबार १४:११
बर्दियामा ‘सेनिटाइजर’ सेवन गर्दा दुई जनाको मृत्यु
-
२० भाद्र २०८०, बुधबार १५:५७
स्वास्थ्यजन्य फोहोर जथाभावी फाले कारबाही
-
१२ भाद्र २०८१, बुधबार १९:३९
लुम्बिनीका हरेक कामलाई तथ्यांकले मुल्यांकन गरिनेछ : मुख्यमन्त्री आचार्य
-
४ बैशाख २०८०, सोमबार १३:२५
गोली लागेर सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु
-
७ फाल्गुन २०७६, बुधबार १५:३६
रहस्यमय ग्यासका कारण पाकिस्तानमा चौधको मृत्यु
-
८ श्रावण २०७४, आईतवार १९:५३
उपचार गराईंदिने बाहानामा भारत लैजान खोज्ने श्रीमान सहित ३ प्रहरी नियन्त्रणमा