ब्राहमण समाज नेपालगञ्जमा भण्डारी

२२ कार्तिक २०७६, शुक्रबार १८:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आफ्नो जातियपहिचान र अधिकार संरक्षणको लागि ब्राहमण समाजले नेपालगञ्ज उपमहानगर स्तरिय कार्यसमिति निर्माण गरेको छ ।

नेपालगञ्जको बेलापुरमा रहेको कालिमाई मन्दिरमा शुक्रबार भएको भेलाले जनकराम भण्डारीको अध्यक्षतामा पछि सबै वडालाई समेट्ने गरी हाललाई ९ सदस्यीय नगरकार्य समिति चयन गरेको हो ।


सो समितिको उपाध्यक्षमा मणीप्रसाद भट्टराई, सचिवमा ध्रुवप्रसाद दाहाल, सह–सचिवमा गौरिशंकर शर्मा, कोषाध्यक्षमा सालिकराम अचार्य, सदस्यहरुमा मानकुमारी शर्मा, गीता आचार्य, गुरुप्रसाद काफ्लेलगायत रहेका छन् ।

सो भेलामा नेपाल ब्राहमण समाज बाँकेका कार्यबहाक अध्यक्ष भिमप्रसाद सापकोटा, भुपेन्द्र प्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो ।

Next Post

हिंसा भड्किनसक्ने भन्दै नेपालगञ्ज नाका बन्द

२२ कार्तिक २०७६, शुक्रबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज : भारतको सर्वोच्च अदालतले विचाराधीन विवादास्पद राम जन्मभूमिसम्बन्धी मुद्दाको अन्तिम फैसला गर्ने भएपछि नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको छ । मुद्दा फैसलापछि दुई पक्षबीच हुनसक्ने विवादलाई दृष्टिगत गर्दै भारत सरकारले नेपाल–भारत सीमा नाका जमुनहा अकस्मात बन्द गर्नु परेको भारतीय सशस्त्र सीमा बल (एसएसवी)ले जनाएको छ । ४० […]

सम्बन्धित