सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरा गाउपालिकाको आयोजनामा बृहत खजुरा सम्मेलन अन्तरगत आज बिहीबार पनि विभिन्न कार्यपत्र प्रस्तुत र छलफल सञ्चालनमा छ । समग्र खजुराको विकासको लागि दिर्घकालिन योजनामा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको सो सम्मेलन ‘गैसस’ उद्देश्य मोडलमा सञ्चालन भई रहेको छ ।
बिहीबार विहानको पहिलो सत्रमा इन्जिनियर विवेक लामिछानेले प्रस्तुत गरेको ‘योजनाबद्ध खजुरा सहर र भौतिकपुर्वाधार’ विषयक कार्यपत्रमा तेज विक्रमशाहले टिप्पणी गरे ।
प्रस्तुतकर्ता लामिछानेले योजनावद्ध विकास नै दिगो हुने भन्दै योजना बनाएर मात्र विकासमा हात हाल्नु पर्ने सुझाव दिए । उनले खजुरा विकास उन्मुख सहर भएकाले व्यवस्थित ग्रामिण विकास गरेर अगाडि बढ्नु पर्ने बताए ।
टिप्पणी कर्ता शाहले कार्यपत्रलाई टेवा पु¥याउदै साना साना पुर्वाधारमा पनि ख्याल गर्न सके व्यवस्थित सहरको परिकल्पना पुरा हुने औलाए ।
उक्त कार्यपत्रमाथि सम्मेलनमा सहभागिहरुले सक्रियताका साथ भागलिदै व्यवस्थित खजुरा बनाउनका लागी सडकका मापदण्ड, कृषि, शिक्षा, स्वास्थलगाएतका पुर्वाधारलाई दिगो हुनेगरी सुझाए ।
आज नै अधिवक्ता इमानसिहं सुनारले तयार पारेको समावेसिकरणका संवैधानिक व्यवस्था कार्यान्वयन, चरित्रा शाह भण्डारीले ग्रामिण विकासका लागि महिला सशक्तीकरण, टिएस टकुरीले खेलकुद र सिर्जनशिलता, लालबहादुर खत्रिले कृषि विकास, धनिराम वलिले खजुरा समृद्धिको आधार स्वास्थ नागरीक स्वास्थमा सुधार, ऋषिराम सापकोटाले गुणस्तरीय र प्रावधिक शिक्षाको मार्गरेखा विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन ।
सम्मेलन समापन आजै हुने खजुरा घोषणापत्र जारी गरीने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।