सदरलाइनडटकम,
खजुरा (बाँके) : प्रदेश नंम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खजुराको छुट्टै पहिचान झल्कने गरी योजना बनाउन आग्रह गरेका छन् । बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा बुधबारदेखि खजुरा बजारमा सुरु भएको वृहद खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन ।
उनले आफ्नो पहिचान नछट्ुने खालको खजुराको छुट्टै पहिचान झल्कने योजना निर्माण गर्न आग्रह गर्दै भने–‘योजना बनाउदा अरुको नक्कल नगर्नुस आफ्नो छुट्टै पहिचान हुने योजना निर्माण गर्नुहोस ताकि खजुराको बारेमा जान्न चाहानेले खजुरा नै पुग्न परोस ।’
उनले राज्यले विकासको लागि बाटो देखाउदै पूर्वाधार तयार गरिदिने कुरा स्पष्ट पार्दै देखाएको बाटो र योजनालाई कार्यान्वयन गर्ने दायित्व स्थानीय जनताको हुने भएकोले योजना बनाउदा नै अपनत्व हुने गरी बनाउन सुझाव दिए ।
मुख्यमन्त्री पोखरेलले ईजरायली मोडलमा बसालिएको खजुराको बस्तीहरुले ईजरायलको विकास मोडललाई पछाउन नसकेको प्रसंग उल्लेख गर्दै भने–‘करेसाबारी र खेत बाँझो राखेर चर्चा गर्ने ईजरायली मोडलको तर, आफुले खेती गर्ने प्रविधि बाजेको पालाको अपनाउने गर्दा चर्चाको प्रसंग मिलेको छैन । ईजरायलको खेती गर्ने प्रविधि अपानाउन सकेमात्र पनि खजुराको सम्मृद्धिमा कसैले पनि रोक्न सक्दैन ।’
उनले प्रदेशको राजधानी पायक पर्ने स्थानमा हुने बताउदै राजधानी नै विकासको मानक नभएको दावी गर्दै नेपालमा भु–उपयोग नीति आवश्यक भएको बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुराको समग्र विकासका लागि दीर्घकालिन योजना निर्माणका लागि बृहद खजुरा सम्मेलनको आयाजना गरिएको जानकारी दिए ।
सम्मेलन ब्यवसथापन समितिका संयोजक भक्तबहादुर केसीको अध्यक्षतामा भएको सम्मेलनमा सङ्घीय सांसद नन्दलाल रोकाय, प्रदेश सांसद बाबुराम गौतम, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले विकासका लागि सहकार्य आवश्यक भएको बताए । सम्मेलन बिहिवारसम्म चल्नेछ ।