सद्भाव समितिद्वारा गुरुनानकको ५५०औ प्रकाशवर्ष (जन्मजयन्ती) बाँकेमा भब्यताका साथ मनाईदै

१७ आश्विन २०७६, शुक्रबार १९:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  हिन्दू समुदायको बडा दशै तथा शिख समुदायको प्रवर्तक गुरुनानकको ५५० औ प्रकाश वर्ष (जन्म जयन्ती) बाँकेमा भब्यताका साथ मनाईने भएको छ ।
सो पर्वहरुलाई उत्साह र भब्यताको साथ सम्पन्न गर्नको लागि विभिन्न धर्मका धर्मगुरु, नागरिक अगुवा, सुरक्षाकर्मी, स्थानीय प्रशासन सहितको सहभागितामा बसेको सामाजिक सद्भाव समिति बाँकेको बैठकले विभिन्न सम्प्रदायको पर्व तथा संस्कृति रीति रिवाज सौहार्दपूर्ण तरिकाले मनाउन निर्णय गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता समाजिक सद्भाव क्षेत्रीय समितिका संयोजक तथा बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगिलगायतको उपस्थितिमा सो निर्णय भएको हो । ।
सो बैठकले गुरुनानकको ५५० औ प्रकाश वर्ष (जन्म जयन्ती ) मनाउनको लागि काठमाण्डौबाट नेपालगञ्ज आउदै गरेको टोलिलाई भब्य स्वागत तथा सम्मान गर्ने निर्णय समसत गरेको छ ।
नेपालगञ्ज गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजु सरदारले गुरुनानकको ५५० औ प्रकाश वर्ष (जन्म जयन्ती ) मनाउनको लागि नानक मठ बालाजु काठमाण्डौबाट अमरदीप सिंह र गगनदीप सिंहको नेतृत्वमा ठूलो संख्यामा निस्केको टोली शनिबार बिहान नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको जानकारी दिए ।
श्री गुरुनानक देव सेवा सोसाईटी क्यालेफोर्निया युएसको अगुवाईमा नेपालगञ्ज आउदै गरेको सो टोलीलाई सामाजिक सद्भाव समिति नेपालगञ्जले शनिबार बिहान गुरुद्वारा अगाडि भब्य स्वागत तथा सम्मान गर्ने भएको छ ।
सो टोलीले नेपालगञ्जको विभिन्न भागमा परिक्रमा गरी शनिबार नै भारतको लखनउ हुँदै गुरुनानकको जन्मस्थान पाकिस्तानको सुल्तानपुर लोधिमा पुगेर समापन हुने कार्यक्रम रहेको नेपालगञ्ज गुरुद्वारा सचालक समितिका अध्यक्ष राजु सरदारले बताए ।
सो बैठकमा संविधान सभा सदस्य हाजी अब्दुल हमिद सिद्दिकी, अब्दुल रहमान मियाँ, हरपाल सिंह सरदार, दीपक लोध, मेराज हल्वाई हिमालय, फिरोज अहमद, सुरक्षा निकायका जिल्ला प्रमुखहरु ल्गायतको उपस्थिति रहेको थियो ।

Next Post

नेपालगञ्जको आधुनिक बसपार्क सञ्चालित

१७ आश्विन २०७६, शुक्रबार १९:११
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा अत्याधुनिक बसपार्क शनिवारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्कको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिवार उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले विकास निर्माणका सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाले राम्रो गरेको बताए । नेपालगञ्ज सम्भावना बोकेको क्षेत्र भएको भन्दै […]