डुडुवाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई स्वास्थ्यसम्बन्धी क्षमता अभिबृद्धि तथा अभिमुखिकरण

१६ असार २०७६, सोमबार १९:२४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीहरुको लागि दुई दिने स्वास्थ्य सम्बन्धित क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम डुडुवा गाउपालिकामा सम्पन्न भएको छ ।
गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत विष्णुप्रसाद धितालको अध्यक्षतामा सम्पन्न सो अभिमुखकरण गाउपालिकाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा स्थानीय तहको स्वस्थ्य संस्था प्रति जनप्रतिनिधिलाई उत्तदायि बनाउने, स्वास्थ्य सेवा सम्बन्धित जिम्मेवारी तथा अधिकार अध्यावधिक गराउने, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु र संघको अवस्थाबारे परिचित गराउने रहेका छन् ।
यसैगरी गुण्स्तरिय आधारभुत स्वास्थ्य सेवाको महत्व, उपयोग, स्थिति र पहँच अभिबृद्धिका बारेमा जानकारी  दिने, तथ्यमा आधारित सहभागिता मुलक स्वास्थ्य योजना तर्जुमा र कार्यान्वयनको बारेमा स्पष्ट पारी पालिकाको वडा तहदेखि नै मस्यौदा स्वास्थ्य येजना तयार गर्ने प्रकृयाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
सो अभिमुखिकरणलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, जनस्वास्थ्य अधिकृत चन्द र युएसएआईडि स्वास्थ्यको लागि सक्षम प्रणालीका अवन्तिका प्रियदर्शनीलगायतले सहजिकरण गरेका थिए ।  

Next Post

छात्र फुटबलमा जनज्योतीको विजयी शुरुवात

१६ असार २०७६, सोमबार १९:२४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी क्वीक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सरोज चौधरीको ह्याट्रिकसहित जनज्योती पब्लिक हाइस्कूलले विजयी शुरुवात गरेको छ । जनयोतीले चौधरीको ह्याट्रिकसहित इन्ट्रीग्रेड इ. स्कूल, सैनिकलाई ४–० गोलले पराजित गरेको हो । जनज्योतीका लागि चौधरीले १०, १८ र ४५ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए । एक […]

सम्बन्धित