सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरका ५ गाउँ जोड्ने ८ मिटर चौडा बाटो बनाउन शुरु गरिएको छ । करीब एक किलोमिटर लामो बाटो बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
अहिले करीब ४ किलोमिटर मात्रै चौडा बाटोलाई ८ मिटर फराकिलो बनाउन केही स्थानीयले अवरोध गरेपछि आफू स्वयम् गाउँमा पुगेर काम थालेको शाहले बताए । शहरी विकास आयोजनाअन्तर्गत ७० लाख लागतमा निर्माण भईरहेको बाटोले गंगापुरदेखि जमुनी हुँदै कोहला गाउँलाई जोड्नेछ । अहिले माटो पटानको काम भइरहेको उनले जानकारी दिए ।
२ वटा एक्साभेटर र ट्रयाक्टर लगाएर काम तीब्र गतिमा भइरहेको अध्यक्ष शाहले बताए । नरैनापुरका हरेक गाउँटोललाई सडक सञ्जालमा जोड्ने रणनीतिका साथ ६ मिटर बढी फराकिलो बाटो बनाउने कामलाई गाउँपालिकाले तीब्रता दिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
Next Post
नेपालगञ्जमा अत्याधुनिक पौडी पोखरी सञ्चालनमा
६ असार २०७६, शुक्रबार १५:३९
सम्बन्धित
-
३ फाल्गुन २०७७, सोमबार १६:५५
कैलालीमा माइक्रोबस दुर्घटना
-
२१ माघ २०७४, आईतवार ०८:०४
केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी
-
२९ जेष्ठ २०७६, बुधबार १५:४३
ट्रिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु
-
२ श्रावण २०७९, सोमबार १५:१७
बर्दिया अस्पतालमा विरामीलाई रगत निःशुल्क
-
३१ जेष्ठ २०७६, शुक्रबार १९:१८
म्याद नाघेका औषधि विक्री गर्दै नेपालगञ्जका मेडिकल