कृषि सन्देसको लागि गीत प्रतियोगिता

२३ जेष्ठ २०७६, बिहीबार १९:३१
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  :  पाँच नंम्बर प्रदेस कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानसंगको सहकार्यको नीतिले अगाडि बढ्ने बताएकी छन ।
उनले किसानले उत्पादन गरेको उपज सही मुल्य नपाएको गुनासो आईरहेकोले प्रदेश सरकारले यो वर्ष प्रदेश भित्रका ९ जिल्लामा ९ वटा सहकारी बजार बनाउन सुरु गरेको जानकारी दिईन ।
कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नंम्बर ५ को सहयोग तथा स्थानीय सामुदायिक रेडियो प्रतिबोध एफएमले बिहीबार कोहलपुरमा आयोजना गरेको बाँके र बर्दियामा कृषि उत्पादनलाई बृद्धि गर्न कृषकलाई कृषि गीतका माध्यामबाट थप प्रोत्साहन गर्ने उद्दृेश्यले कृषि गीत तथा पशुपालन विषयक सचेतना मुलक गीत प्रतियोगिताको उद्दघाटन गर्दै सो कुरा बताएकी हुन ।
उनले प्रदेश ५ले सबै भन्दा धेरै ३८ वटा कानुन निर्माण गरेको जानकारी दिदै योजनाबद्ध तरिकाले प्रदेश सम्बृद्धिको बाटोमा अघि बढेको दाबी गरिन ।
प्रतिबोध एपएमका अध्यक्ष बुद्ध सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, भेरी शित भण्डारका अध्यक्ष डोलराज अर्यालय लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
बाँके र बर्दियाका विभिन्न विद्यालग तथा कृषि समुहका ६ वटा टिम सो सचेतनामुलक गीत प्रतियोगितामा सहभागि रहेको आयोजकले जानकारी दिएको छ । सो प्रतियोगितामा बरिष्ठ सञ्चार तथा संगीतकर्मी कोमल बिके निर्मोहीको नेतृत्वमा निर्णायकको भुमिका निभएका थिए ।

Next Post

सञ्चारमन्त्री बास्कोटाद्वारा एनटिभि कोहलपुरको अवलोकन

२३ जेष्ठ २०७६, बिहीबार १९:३१
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिभिजनलाई प्रविधि मैत्री बनाए लैजानको लागि यस वर्षलाई रुपान्त्रण वर्षको रुपमा लिएको बताएका छन् । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको अवलोकन भ्रमणको क्रममा बोल्दै मन्त्री बास्कोटाले नेपाल टेलिभिजनले प्रस्तुत गर्ने विषय बस्तु, प्रविधि, क्षमता शैली, कर्यक्षमतामा रुपान्त्रण गर्दै […]