सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा बुधवार बिहान पूजाअर्चाना गरेकी छन् । उनले मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दिपा शर्माले जानकारी दिइन् ।
पश्चिम नेपालकै शक्तिशाली शक्तिपीठ मानिने बागेश्वरी मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी राष्ट्रपति भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलो पटक बागेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । राष्ट्रपतिलाई बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बागेश्वरी माताको प्रसादका रुपमा फूलमाला तथा टिका प्रदान गर्दै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए ।
मंगलवार मुस्लिम समुदायको पवित्र महिना रमजानुलका अवसरमा आयोजना गरिएको ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी नेपालगञ्जमा आएकी हुन् ।
Next Post
‘मानव जीवनका लागि वन आवश्यक’
२२ जेष्ठ २०७६, बुधबार १७:३६
सम्बन्धित
-
१५ असार २०७६, आईतवार १६:५९
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
-
३१ श्रावण २०७५, बिहीबार १२:४७
वैदेशिक लगानीका लागि प्रस्ताव
-
२५ कार्तिक २०८०, शनिबार १५:४९
रत्नराजमार्गमा बृहद् सरसफाइ
-
३ पुष २०७६, बिहीबार १८:३३
बाँकेसहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित
-
७ श्रावण २०७९, शनिबार १४:४५
मंगल प्रसाद महिला कलेजमा वृक्षारोपण
-
३० असार २०७६, सोमबार १६:५७
बित्तीय अधिकार वडालाई दिन खजुराबासीको सुझाव