सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यावसायिक भवन बनाउने तयारीमा छ । मन्त्री राईले बुधवार भवनको शिलान्यास गरे ।
राईले संसद विकास कार्यक्रमअन्तर्गत ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री राईले जिल्लाको पत्रकारिताक्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् । उनले समग्र जिल्लाको विकासका लागि सञ्चार क्षेत्रको पहल आवश्यक रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले व्यावसायिक भवन निर्माण भएपछि भाडामा दिने र त्यसबाट आउने पैसाले पत्रकारिता क्षेत्रको बृत्ति विकासमा खर्च गर्ने बताएका थिए ।
Next Post
दाङमा पूर्वाधार अभावले अस्थायी राजधानी बुटवल : देउवा
२० चैत्र २०७५, बुधबार १६:४०
सम्बन्धित
-
२० असार २०७९, सोमबार १३:४४
बाँकेका राई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बन्दै
-
४ आश्विन २०७७, आईतवार ०८:१८
बाँकेबाट एकचालिस जना कोरोनामुक्त
-
२० फाल्गुन २०७६, मंगलवार १४:३१
कोरोनाका कारण विश्वको भविष्य अज्ञात : डब्ल्युएचओ
-
२५ चैत्र २०७९, शनिबार १४:२१
पूर्व प्रहरी संगठन कोहलपुरको पहिलो साधारण सभा सम्पन्न
-
२४ भाद्र २०७८, बिहीबार १२:३०
बिहीवार हरितालिका तीज हर्षोल्लासका साथ मनाईंदै
-
२७ श्रावण २०७५, आईतवार १९:१६
सकरात्मक जीवनको रहस्यबारे नेपालगन्जमा प्रशिक्षण