नरैनापुरलाई फुसरहित बनाईंदै

२७ फाल्गुन २०७५, सोमबार १६:२७
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित विपन्न घर मर्मत कार्यक्रमअन्तर्गत सोमवार ६५ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ३ का कोदीपुर्वा, कोटिया र बहाउपुर्वाका ५६ दलित र अन्य ९ परिवारलाई प्रति परिवार १६ वटाका दरले जस्तापाता वितरण गरेका हुन् ।
गाउँपालिकामा फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न घर मर्मत कार्यक्रम शुरु गरिएको हो । चालु आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पहिलो चरणमा वडा नम्बर ५ नयाँ बस्तीका ६० विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको थियो ।
गाउँपालिकाको ३० प्रतिशत र ह्याबीट्याट फर ह्युम्यानिटी नेपाल तथा महिला उपकार मञ्च कोहलपुर बाँकेको ७० प्रतिशत लागतमा विपन्न घर मर्मत कार्यक्रम गरिएको हो । ह्याबीट्याट र उपकारको २८ लाख तथा गाउँपालिकाको ७ लाख ५० हजार लागतमा जस्तापाता वितरण गरिएको मञ्चकी उपाध्यक्ष चन्द्रकला न्यौपानेले बताइन् । फुसको छानाका कारण नरैनापुरमा गर्मीयाममा बर्षेनी आगालागीका घटना हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।

Next Post

संविधानभन्दा बाहिर जान नसकिने गृहमन्त्रीको स्पष्टोक्ति

२७ फाल्गुन २०७५, सोमबार १६:२७
सदरलाइनडटकम, भैरहवा : गृहमन्त्री रामबहादुर थापाले सरकार संविधानभन्दा बाहिर जान नसक्ने बताएका छन् । संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने प्रष्ट पारेका हुन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह […]