प्रदेश ५ को राजधानीबारे नेपालगञ्जमा अन्तरक्रिया

१२ फाल्गुन २०७५, आईतवार १७:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि ५ नम्बर प्रदेशसभा विशेष समितिले आइतवार नेपालगञ्जमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणालगायतले बाँके राजधानी नभए कर्णाली प्रदेशमा गाभिन तयार भएको समितिलाई सुनाए ।
सहभागीले भौतिक पूर्वाधारले सम्पन्न भएको नेपालगञ्जलाई नै प्रदेशको राजधानी तोक्नुपर्ने, त्यसो हुन नसके पायक पर्ने स्थानमा तोक्नुपर्ने र त्यो पनि नभए विकल्पको रुपमा बाँके, बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने सुझाव दिएको प्रदेशसभा सदस्य आइपी खरेलले जानकारी दिए । नेकपाका नेता रत्न खत्रीले संविधान निर्माणका समयमै बाँकेमाथि अन्याय भएको बताए । उनले पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने सुझाव दिए ।
सम्पूर्ण पुर्वाधारयुक्त भएका कारण बाँकेलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने माग जोडदाररुपमा उठेको कार्यक्रम सञ्चालक जिल्ला समनवय समितिका अधिकृत मिनबहादुर मल्लले बताए । समितिका संयोजक दिपेन्द्र पुनको संयोजकत्वमा गठित विशेष समितिले प्रदेशको १२ वटै जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ ।
यस्तै विकासका लागि नागरिक सरोकार समितिले प्रदेश राजधानी र नामाकरणका सन्दर्भमा साझा धारणा बुझाएको छ । समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले समितिका सदस्य विष्णु पन्थीलाई लिखित सुझाव बुझाएका हुन् ।

Next Post

बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

१२ फाल्गुन २०७५, आईतवार १७:५८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका बिभिन्न क्षेत्रका युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित चार दिने तालिममार्फत युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत गरेको कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई प्रोत्साहित गर्ने सहभागी […]

सम्बन्धित