स्ववियु निर्बाचनको माग गर्दै अखिलद्वारा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ

७ फाल्गुन २०७५, मंगलवार २२:३७
 

सदरलाइन / राज सुवेदी, 
नेपालगञ्ज  : स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्नको लागि दबाब दिन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा संयुक्त रुपमा नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस घेराउ गरिएको छ ।
केन्द्रको निर्देशन अनुसार स्ववियु चुनावको कार्यतालिका तत्काल घोषणा गर्ने देशब्यापी आन्दोलनको कार्यतालिका अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा मंगलबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ गेरका हुन ।
घेराउ कार्यक्रममा अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, सचिब टेकेन्द्र मल्ल, सदस्य प्रकाशमान सिंह, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तुलसी मणि केसि क्रान्तिकारीका अध्यक्ष सुरेन्द्रजग शाह लगायतका नेताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस प्राकका अध्यक्ष हेमराज शाही, सचिब प्रकाश बिक, अखिल क्रान्तिकारीका मब क्याम्पस प्राक अध्यक्ष नमराज योगी, उपाध्यक्ष लोकेश शाहले सम्बोधन गरेका थिए ।

Next Post

बाँकेको जानकी गाउँपालिका गतिविधि अब मोवाइल एप्सबाट

७ फाल्गुन २०७५, मंगलवार २२:३७
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले दिने सेवा प्रवाहलाई मोवाइल एप्ससंग जोड्दै प्रविधिमैत्री बनाएको छ । मोवाइल एप्सको मंगलबार एक समारोहकाबीच गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शुभारम्भ गर्दै गाउपालिकालाई प्रविधिमैत्री बनाएको घोषणा गरे । मोबाइल एप्लिकेशन एप्स सार्वजनिकसँगै सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने […]