डेढ सय बर्ष पुरानो मेला शनिवारदेखि शुरु हुँदै

३ फाल्गुन २०७५, शुक्रबार १६:३१
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष शनिवारदेखि शुरु हुँदैछ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर (मियाँपुर्वा) मा शनिवारदेखि ८ दिन सञ्चालन हुने मेला १२ गतेसम्म चल्नेछ । गंगापुरमा रहेको खलिफा सैयद नुर अहमद शाह रहमततुल्लाह अलैह उर्स मेला डेढ सय बर्षदेखि हरेक बर्ष आयोजना हुँदै आएको मेला आयोजक समितिका प्रबन्धक तौहिद अहमद शाहले बताए ।
१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलामा सामूहिक भण्डारा, प्रार्थना, कव्वाली, नाच तथा तथा जादु खेल लगायतको गतिबिधि हुने गरेको छ । मेलामा भारत कानपुरका चर्चित कौव्वाल सरिफ परवाज तथा फैजाबादकी नेहानाजको जवाफी कौव्वाली मुख्य आकर्षण रहेको शाहले बताए ।
कौव्वाल टोलीमा १० जना महिला र १० जना पुरुष गरी २० जना रहने जनाइएको छ । मेलामा बाँके, बर्दियालगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको अध्यक्ष शाहले बताए ।
यस्तै मेलास्थलमा रहेको खलिफा सेैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने गरेको छ । मेलामा दर्शकहरुलाई मनोरञ्जन गराउनका लागि भारतबाट आएका प्रशिद्ध नौटन्की नाचको आयोजना हुने गर्दछ भने नेपाल र भारतका ठूल्ठूला ब्यापारिक कम्पनीहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

Next Post

खजुरामा रनिङ्गशिल्ड प्रतियोगिता शुरु

३ फाल्गुन २०७५, शुक्रबार १६:३१
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि प्रथम मेयर रनिङ्ग शिल्ड २०७५ शुरु भएको छ । वडा नम्बर ६ को गिजरास्थित जनसेवा माविमा बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाय, पुर्ब सांसद दलबहादुर सुनार, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतियोगिताको उद्घटन गरे । कार्यक्रमको उद्घाटनमा शिक्षा विकास […]

सम्बन्धित