माघ २१ को विरोध सभाप्रति बाँके क्षेत्रनं.१ काँग्रेसमा किचलो (दुबै विज्ञप्ती सहित )

  
  प्रकाशित मितिः आइतवार, माघ २०, २०७५       | 54 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रमको विषयमा काँग्रेस क्षेत्रनं. १ क्षेत्रीय कमिटीमा विबाद देखिएको छ ।
नेपाली काँग्रेस क्षेत्रनं. १ का सभापति माधवराम खत्रीले सो विरोध कार्यक्रमको तयारीमा बैठक बस्ने कुरा झुठा भएको भन्दै कोहलपुरमा रहेको क्षेत्रीय पार्टी कार्यालयमा सुचना समेत टाँस गरी पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
यता क्षेत्रीय सचिव डिल्ली गिरीले पार्टीको जिल्ला र केन्द्रले फरक फरक मितिमा गरेको सर्कुलरलाई उदृढ गर्दै पार्टी क्षेत्रीय समितिको बैठक आव्हान गर्न क्षत्रीय सभापति खत्रीलाई सम्पर्क गर्दा सम्पर्कमा नआएको भन्दै उप सभापति टोपबहादुर खड्काको अध्यक्षतामा बैठक बोलाएका थिए ।
क्षेत्रीय सचिव गिरिले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार पार्टीको विधान र सर्कुलर विपरित क्षेत्रीय सभापति खत्रीले पार्टीको बिरोध कार्यक्रम तथा अन्य गतिविधिलाई असहयोग गर्न तयारी बैठक नबस्ने ‘नियत’ राखेको उल्लेख छ ।
क्षेत्रीय सचिव गिरीले भने पार्टीको केन्द्र र जिल्लाको परिपत्र आएपछि मैले क्षेत्रीय सभापतिलाई सम्पर्क गर्न फोन गरे तर मेरो फोन उठेन पछि उप–सभापतिलाई सम्पर्क गरे उहाँको निर्देशनमा बैठक बोलाए बैठक बस्नको लागि नेपालगन्जदेखि उपसभापति खड्कालाई संगै लिएर जाँदा उहाँ पनि पार्टी कार्यालय बाहिरबाटै सम्पर्क बिहीन भएपछि उपस्थित ४०–५० जनाले बिरोध सभालाई सफल पार्नेलगायतका ३ वटा निर्णय गरेका हौ ।’
जिल्लामा क्षेत्रीय सभापति खत्री संस्थापन पक्ष तथा पार्टी सभापति देउवा निकट व्यक्तिको रुपमा चिनिन्छन् तर, उनै खत्रीले पार्टी केन्द्रले गरेको निर्णयको बिरुद्ध लाग्नु अनौठो मानिएको छ ।
पार्टी क्षेत्रीय सभापति खत्रीले भने सचिव गिरिले सभापतिसंग समन्वय नै नगरी विधि र प्रकृया मिचेकोले विरोध जनाउनु परेको दाबी गर्दै भने–‘ आन्दोलन गर्न पर्छ भनेर पार्टीमा आवाज उठाउने म आफै हुँ । मात्र सचिवले बैठक बोलाउनको लाष् िविधि र प्रकृया मिचेकोले त्यसो गरिएको हो । आज (आइतबार) अन्दोलनलाई सफल पार्ने निर्णय गर्न बैठक बस्ने तयारीमा छौ ।’
यसैबीच बाँके काँग्रेस सचिव तप्त पौडेलले पार्टीले माघ २१ गते सोमबार आयोजना गरिने बृहद बिरोध सभाको लागि व्यापक तयारी भएको जनाएका छन् । उनले केन्द्रले आईतबार साँझसम्म केन्द्रीय प्रतिनिधि समेत पठाउने आफुलाई जानकारी आएको बताए ।
पार्टीको आव्हानमा सोमबार दिउसो १ बजे बीपि चोकदेखि धम्बोझीचोक, घरबारीटोल हुँदै त्रीभुवनचोक पुगेर कोण सभामा परिणत हुने कार्यक्रम रहेको जनाईएको छ ।

प्रकाशित मितिः आइतवार, माघ २०, २०७५     2:58:53 PM  |