विश्व सिमसार दिवस आज मनाइँदै

१९ माघ २०७५, शनिबार १३:५२
 

सदरलाइनडटकम,
काठमाण्डौ : सिमसार र जलवायु परिर्वतनमा केन्द्रित रहेर शनिवार विश्व सिमसार दिवस मनाइँदैछ । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् ।
सिमसार दिवसका अवसरमा पोखरामा विशेष कार्यक्रम गर्न लागिएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ ।
कैलालीको घोडाघोडी ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, कपिलवस्तुको जगदीशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखराका नौ वटै तालहरु सिमसार क्षेत्र हुन् । तर, दिवस मनाइरहँदा नेपालका सिमसार संरक्षणमा चुनौती बढ्दै गएको छ । जलवायु परिवर्तन र नदी दोहन, तालतलैयामा माछा मार्ने झालको निश्चित मापदण्ड कार्यान्वयन नहुँदा संरक्षणमा चुनौती बढेको विज्ञले बताएका छन् ।
यस्तै खोला, नदीमा ढल मिसाउने प्रवृत्तिका कारण पनि जोखिम बढेको छ । मानवीय क्रियाकलापकै कारण सिमसार क्षेत्र खुम्चिँदै गएको छ । यसले गर्दा दुर्लभ वन्य जन्तु लोभ हुने अवस्थामा पुगेका संरक्षणकर्मी डाक्टर हेमसागर बरालले बताए ।

Next Post

तस्कर र सशस्त्र प्रहरीबीच झडप, तीन पक्राउ

१९ माघ २०७५, शनिबार १३:५२
सदरलाइनडटकम, सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरी र तस्करहरूबीच गएराति गोबरगाडामा झडप भएको हो । प्रहरी टोलीलाई देखेर तस्करले दुई राउण्ड गोली चलाएपछि प्रहरीले पनि एक राउण्ड हवाई फायर गरेर तीन […]