मानव बेचबिखनबिरुद्ध विद्यार्थीलाई प्रशिक्षण

१३ पुष २०७५, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : माध्यमिक तहका विद्यार्थीका लागि नेपालगञ्जमा सञ्चालित मानव बेचविखनविरुद्ध तीन दिने तालिम शुक्रवार सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध बिध्यर्थी मार्फत बिद्यालय एवं समुदायस्तरमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले माइती नेपालले तालिमको आयोजना गरेको थियो ।
माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले मानव वेचविखनको वर्तमान अवस्था तथा माइती नेपालले मानव वेचविखनविरुद्ध गर्दै आएको कार्यक्रमबारे सहजीकरण गरेका थिए भने आधिकार कर्मी कमला पन्तले आन्तरिक तथा वाह्य बसाइसराईबारे सहजीकरण गरेकी थिइन् ।
नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले मानव वेचविखनविरुद्धमा मिडियाले खेल्ने भुमिकाबारे जानकारी गराएका थिए भने युवा अभियान्ता आशिष वर्माले मानव वेचविखनविरुद्ध विद्यार्थीको भुमिकाका बिषयमा सहजीकरण गरेका थिए । तालिमवारे प्रतिक्रया दिँदै प्रशिक्षार्थी मनिराम गौतमले तालिम सान्दर्भिक रहेको र आफ्नो यो पहिलो तालिम भएको बताए ।
पुष ११ गतेदेखि शुरु भएको तालिमको समापन गर्दै संयोजक कोइरालाले माइती नेपाल नेपालगञ्जले मानव वेचविखनसम्वन्धी विभिन्न कार्यक्रमअन्तर्गत विद्यार्थीको सहभागितामा भएको कार्यक्रम प्रभावकारी हुने बताए ।

Next Post

नयाँ कानुन र सिफारिस प्रणालीबारे अभिमुखीकरण

१३ पुष २०७५, शुक्रबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नयाँ कानुुन र सिफासि प्रणालीबारे नेपालगञ्जमा अनुुशिक्षण गरिएको छ । साथी संस्थाको आयोजनामा नयाँ कानुुन र सिफासि प्रणालीबारे एक दिने अनुशिक्षण गरिएको हो । बालबालिका बेचविखनविरुद्ध परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्देश्यबारे प्रकाश पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगञ्जका कार्यक्रम संयोजक श्रृटि ढकालले प्लान नेपालले हाल […]

सम्बन्धित