मुअब्जा विबादमा सर्वपक्षिय सहमती

१३ पुष २०७५, शुक्रबार १७:२८
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  : बाँकेमा निर्माणाधिन हुलाकी सडकको मुआब्जाको विषयमा देखिएको वर्षौदेखिको विवादमा सर्वपक्षिय सहमति जुटाईएको छ । नेपालगञ्जदेखि कट्कुईयासम्मको सो सडक राप्तीपारी नरैनापुर गाउँपालिका–५ मटेहियामा सडक नक्सांकन र मुआव्जा विवादका कारण निर्माण कार्यमा देखिएको अवरोध अन्त्य पारिएको हो ।
सम्वाद समूह बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँकेमा गरिएको सर्वपक्षिय बैठकमा भएको सहमतीपछि निर्माण कार्यले गती लीने भएको छ । सडकको अन्य भागमा पीच समेतको काम शुरु हुँदा मुअब्जा र नक्साङकनमा भएको विबादको कारण सो क्षेत्रमा निर्माण रोकिएको थियो ।
बाँके क्षेत्रन १ का प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना) ले नक्सांकन विवादलाई सम्वोधन हुने गरि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै भनिन–‘उत्तरतर्फ (सडक नक्सामा) परेको जग्गा व्यक्ति कै नाममा फिर्ताको पहल प्रक्रिया अघि बढाइने छ । त्यसको पहल मैले गर्ने छु ।’
नेपालगञ्ज उप–महानगरका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका प्रमुख कृष्णनाथ ओझा(अहिले सरुवा), नरैनापुर वडान ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्य समेतको उपस्थितीमा सहमती कायम गरिएको थियो ।
‘हाल चालु सडकलाई नै कायम राख्ने गरि निर्माण कार्यलाई अविलम्व बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआव्जा (१०मी.) दिने कुरामा लिखित सर्वसहमती कायम गरिएको छ’–संवाद समुहका सहजकर्ता शुक्रऋिषि चौलागाईले भने ।
नेपाल सरकार कै लगानीमा हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहेपनि पप्पु कन्सट्रक्सनले सो ठेक्का ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।
मटेहीयामा हुलाकी सडक उत्तरतर्फकी दक्षिणतर्फ भन्ने सवालसँगै जग्गा फिर्ता र मुआव्जा लगायतका विषयमा जग्गाधनी बीच नै अन्यौलता र विवाद रहदै आएको थियो । हाल चालु हुलाकी सडक खण्ड भन्दा फरक सर्भे(उत्तर) र नापी भएपछि उत्पन्न विवाद बढन गई ०७५ वैशाखदेखि सडकको निर्माण कार्य नै अवरोध भएकोले आफुहरुलाई असहजता भएको गणपति कन्ट्रक्सनका फिल्ड ईन्चार्ज ईन्द्र केसीले बताए ।

Next Post

डिएसपीलाई घुस दिन खोज्ने दुई पक्राउ

१३ पुष २०७५, शुक्रबार १७:२८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका इञ्चार्ज प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुईजना शुक्रवार पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका ४ का अव्दुल देवान र कोहलपुर १२ का नवराज थापालाई शुक्रवार दिउँसो प्रहरी नायब उपरीक्षक सिंहको कार्यकक्षबाटै पक्राउ गरिएको हो । उनीहरु विहान प्रहरी […]

सम्बन्धित