सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा जारी छ । अर्थमन्त्री युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा जारी कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी छन् । साधारणसभामा नेपालको आर्थिक विकासका लागि अर्थमन्त्रीलाई अवधारणा पेश गरिने छ ।


