हिन्दु राष्ट्र आजको आवश्यकता : राप्रपा अध्यक्ष थापा

३ पुष २०७५, मंगलवार १८:३५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजतन्त्रसहितको लोकतन्त्र आजको आवश्यकता भएको बताएका छन् । राप्रपा प्रदेश नं. ५ कार्य समितिले मंगलवार नेपालगञ्जमा गरेको प्रशिक्षण तथा सम्मेलनको उद्घाटन गर्दै उनले धर्म परिवर्तन गराउनेहरुलाई राज्यले संरक्षण दिदैँ गएपछि राज्यनै संकटमा पर्ने सम्भवना बढेको बताए ।


उनले निर्मला बलत्कारदेखि ३३ किलो सुन तस्कारको केन्द्रसम्म पहुच भएकाले निर्मलाले न्याय र तस्कारले सजाय नपाएको टिप्पणी गरे । सरकार गठन भएको एक बर्ष बितिसक्दासमेत जनताले परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गरे ।
प्रशिक्षण सकिएलगत्तै फागुन ७ गते जनसंर्घषका लागि प्रदेशस्तरीय प्रशिक्षण शुरु गरिने भन्दै अध्यक्ष थापाले प्रशिक्षण कार्यक्रममा नेता कार्यकर्ताहरुको उत्साहनजक उपास्थितले आफु खुशी भएको जिकिर गरे । कार्यक्रममा राप्रापाका केन्द्रीय सदस्यलगायत स्थानियतहमा निर्वाचित जानप्रतिनिधिहरुको उपास्थिति थियो ।



प्रमुख अतिथि थापा र नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा बिशिष्ट अतिथि रहेको कार्यक्रमको दीप प्रज्वलनका साथै पृथ्बी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेर प्रमुख अतिथि अध्यक्ष थापाले उद्घाटन गरेका थिए ।

Next Post

नमस्ते भिलेज रेस्टुरेन्टमा ‘म्युजिक फेस्टिवल’ हुँदै

३ पुष २०७५, मंगलवार १८:३५
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली ढाकाटोपी दिवस अर्थात अँग्रेजी नयाँवर्ष–२०१९ को अवसर पारेर नेपालगञ्जमा ‘म्युजिक फेस्टिवल’को आयोजना गरिने भएको छ । आयोजक बलामी फिल्म इन्टरटेन्ट्मेन्टका समीर बलामीले मंगलबार नेपालगञ्जमा पत्रकार भेटघाट सो कार्यक्रमको जानकारी गराएका छन् । नेपालगञ्ज कोहलपुर सडक खण्डको गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा ३१ डिसेम्बर (पौष १६) गते […]