नेपालगञ्जमा मनाइयो गुरुनानक जन्मजयन्ती (फोटो फिचरसहित)

८ मंसिर २०७५, शनिबार १७:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सिख धर्मका प्रवर्तक गुरु नानकको ५ सय ४९ औँ जन्मजयन्ती शनिवार बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाँकेको बेलभारलगायत अन्य गुरुद्धारामा शुक्रवारनै मनाइएको थियो ।
नेपालगञ्जको बिपी चोकस्थित श्री गुरु नानक सिँह सभा गुरुद्धारामा शनिवार गुरु ग्रन्थको पाठ समापनसँगै गुरु नानक जन्मजयन्ती मनाइएको हो । सिख धर्मका अनुयायीहरूले यस दिनलाई प्रकाश उत्सवको रूपमा मनाउने गर्दछन् ।


गुरु नानकको जन्मजयन्ती नेपालका सिख धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन् । गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।
धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।


गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा नेपालगञ्जको श्री गुरु नानक सिँह सभा गुरुद्धारामा लङ्गर अर्थात् खुल्ला भण्डारा गरिएको प्रबन्ध समितिका प्रधान राजेन्द्र सिँह सरदारले बताए । भण्डारामा हजारौं श्रद्धालुले प्रसाद ग्रहण गरेको उनले जानकारी दिए ।


 

Next Post

धान दाउने मेशिनमा परि दाङ बालिकाको मृत्यु

८ मंसिर २०७५, शनिबार १७:१५
सदरलाइनडटकम, दाङ : धान दाउने क्रममा थ्रेशर मेशिनमा परि दाङमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा शुक्रवार राती ९ बजे […]

सम्बन्धित