नेपालगञ्जको रानीतलाउमा पुनः डुंङा विहार सञ्चालनमा

२० कार्तिक २०७५, मंगलवार १९:१२
 

सदरलाइनडटकम
नेपालगञ्ज : नेपालगञ्जको रानीतलाउमा १९ वर्षपछि पुन डुङा सहित जलविहारको सुरुवात भएको छ । पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार एक कार्यक्रमका बीच रिवन काटेर उद्दघाटन गरेका हुन ।

हाल ४–५ वटा डुङा राखेर सञ्चालनमा ल्याईएको रानीतलाउको डुङा विहार कुनै बेला निक्कै चर्चित रहेको थियो । उद्दघाटन सत्रमा नेपालगञ्ज उप–महानगरका जनप्रतिनिधि, कर्मचारी लगायतले जल विहार गरेका थिए ।

लामो समयदेखि अस्तव्यस्त रहेको रानीतलाउको नेपालगञ्ज उप–महानगरले पुन निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो ।


 बाल उद्यान तथा खेल समाग्रीसहितको रानी तलाउ नेपालगञ्जको गन्तब्यको रुपमा विकशित हुने विश्वास गरिएको छ ।

 २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो । डा. धवल शम्शेर राणा पहिलो पटक मेयर हुँदा २०५५ सालमा जीर्ण रहेको पोखरी रानीतलाउको जीर्णोद्धार गरि नौका विहार सञ्चालन गरिएको थियो । शब्द तस्बीर  : रुद्र सुवेदी / सदरलाइनडटकम  

Next Post

कारले ठक्कर दिँदा बाँकेमा एक महिलाको मृत्यु, तीन घाईते

२० कार्तिक २०७५, मंगलवार १९:१२
सदरलाइनडटकम, नेपालगञ्ज : कारले ठक्कर दिँदा बाँकेमा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नेपालगञ्जबाट बर्दिया जाँदै गरेको कारले मंगलवार दिउँसो ठक्कर दिँदा खजुरा गाउँपालिका ३ की ५५ बर्षीया अमृता ओलीको मृत्यु भएको हो । भे १५ च ७१५० नं. को कारले सडकको किनारमा रोकी राखेको […]