बाजागाजासहित बागेश्वरी मन्दिरमा भित्र्याइयो फुलपाती

३० आश्विन २०७५, मंगलवार १६:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपलगञ्जस्तिथ बागेश्वरी मन्दिरमा मंगलवार फुलपाती पत्र्याइएको छ । एतिहासिक बागेश्वरी मन्दिरमा बिहान बाजागाजासहित फुलपाती भित्र्याइएको हो ।
मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सलामीका साथ फुलपाती भित्र्याइएको थियो । बडा दशैँको सप्तमीका दिन मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विधिवत् फूलपाती भित्र्याइएका हुन् ।
बागेश्वरी मन्दिरमा उनीहरुले केरा, बेलपत्र, दारिम, धानका बाला, अशोक पत्र, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतको प्रतिक फूलपातीका रुपमा भित्र्याएको थियो ।
फुलपाती भित्र्याउन नेपाली सेना इमामनगर ब्यारेक राँझाका प्रमुख सेनानी सूर्य थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी बल गण नंं. ३० महेन्द्रनगर बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाह, दंगा नियन्त्रण प्रहरी गण खजुराका प्रहरी उपरीक्षक वीर बहादुर ओलीलगायतको सहभागिता थियो ।
फुलपाती भित्र्याउने क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी समेत अर्पण गरेको थियो ।


Next Post

बस दुर्घटनामा बालकको मृत्यु, तीन घाइते

३० आश्विन २०७५, मंगलवार १६:२२
सदरलाइनडटकम, रुकुम : रुकुम पश्चिममा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते घएका छन् । मुसिकोटमा बस दुर्घटना हुँदा मुसिकोट नगरपालिका १ का ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो । दुर्घटनामा ८ वषीय जेनिश बिसी, चालक राम र सहचालक घाइते भएको प्रहरीले जनाएको छ । […]

सम्बन्धित