हिन्दुहरुको महान चाड बडा दशैं बुधवारदेखि शुरु

२४ आश्विन २०७५, बुधबार १५:३२
 


सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दुहरुको महान चाड बडा दशैं बुधवारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैं घरघरमा जमरा राखी शुरु भएको हो ।
बडा दशैंको पहिलो दिन बुधवार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बुधवार दशैं घरमा शक्ति की अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी पूजा आरम्भ हुन्छ ।
बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए ।
देशका विभिन्न भागमा कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य अन्न पनि रोप्ने चलन छ । प्रतिपदाका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो ।

Next Post

कास्कीका सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

२४ आश्विन २०७५, बुधबार १५:३२
सदरलाइनडटकम, पोखरा : जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले थापालाई घुस लिँदै गर्दा पक्राउ गरेको हो । ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै विपक्षीसँग पाँच लाख घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार कार्यालय पोखराका […]