नीलसागरको आफ्नै भवन बन्ने

१३ आश्विन २०७५, शनिबार १८:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना केन्द्रको अब आफनै भवन बन्ने भएको छ । नेपालगञ्ज ५ फुलटेक्रा राजभवन निवासी छत्र कुमारी राणाले २ कठ्ठा जग्गा दान दिएपछि केन्द्रको कैलाश नामक भवन निर्माण गर्ने तयारी गरिएको हो ।
हाल दाताबाट नेपालगञ्ज १२ शान्तिनगरमा सञ्चालित केन्द्रमा ४० जना संरक्षित छन् । २०७३ वैसाख १ गते स्थापना भएको केन्द्रको भवन निर्माण शिलान्यासका लागि असोज १५ गते घोषणा गरिने भएको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन वराल र मनोक्रान्ति द्रष्टा विकासानन्दद्वारा भवनको शिलान्यास गर्ने भनिएपनि सोह्रश्राद्ध पर्ने भएकाले भवन बन्ने मात्र घोषणा गरिने भएको हो । शिलान्यास कार्यक्रमको पुजापाठ भने २४ गते गरिने केन्द्राध्यक्ष सरिता खनालले बताइन् । ३० कोठे भवनका लागि ५ करोड बराबरको खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष खनालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जन्मदिन, स्मृतिदिवस, विवाहवोत्सव मनाउन आउने परोपकारी व्यक्तिहरुको सहयोगले केन्द्र सञ्चालनमा रहेको छ । भवन निर्माणार्थ आर्थिक सहयोगका लागि केन्द्रका उपाध्यक्ष नारायण सुवेदी (अमन)ले सबैमा अपील गरेका छन् ।

Next Post

सचेतनाका साथै नेपालगञ्जमा सफाई अभियान

१३ आश्विन २०७५, शनिबार १८:५६
सदरलाइनडटकम, नेपालगञ्ज : निजी क्षेत्रसँग सहकार्य गरी नेपालगञ्जमा सरसफाई अभियान तीब्र पारिएको छ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं. १ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज खजुरा रोडमा सरसफाई तीब्र पारिएको हो । नेपालगञ्ज उपमहानगरकी उप–मेयर उमा थापा […]