स्वास्थ्यकर्मीलाई अभिमुखिकरण जारी

१८ असार २०७५, सोमबार २०:३७
 

सदरलाइनडटकम  
नेपालगन्ज : वर्षातको मौसममा फैलन सक्ने रोग र त्यसको निराकरणको लागि जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेले बाँके स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण जारी राखेको छ ।
सोही क्रममा नेपालगन्जमा सोमबार पब्लिक प्राईभेट सेक्टरको पारामेडिक्स तथा प्राक्टिसनरहरुलाई प्रकोप जन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले सो कार्यक्रमले प्रकोपको बेलामा प्रभावित क्षेत्रका जनताले सहज स्वास्थ्य सुविधा पाउन सकुन भन्ने उद्देश्यले अभिमुखिकरण गरिएको बताए ।
सो कार्यक्रमलाई खजुरा स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा।सन्तोष सिर्पाइली, जनस्वास्थ्य अधिकृत चन्द, ल्यावटेक्नेसियन केशव ज्ञवाली, भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्मा, भेरी अञ्चल अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालले सहजिकरण गरेका थिए ।

Next Post

भारतले दशगजामा बनाएको सडकको कारण सीमा क्षेत्रका घर डुबानमा

१८ असार २०७५, सोमबार २०:३७
सदरलाइनडटकम  नरैनापुर (बाँके) : भारतले अन्तर्राष्ट्रिय नियम विपरित सीमाको दश गजामा नै प्राकृतिक बहाव समेत रोक्ने गरी निर्माण गरेको सडकका कारण नरैनापुरका विभिन्न बस्तीहरु डुवबनमा पर्न सुरु भएका छन् । आईतबारदेखिको अविरल बर्षापछि कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । सीमा क्षेत्रमा बाँध जस्तो […]