नृत्य प्रतियोगिताको सबै तयारी पुरा

२८ बैशाख २०७५, शुक्रबार १८:४३
 


सदरलाइनडटकम
२८ बैशाख, नेपालगन्ज :  पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोहलपुर स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार छनौटका लागी सबै तयारी पुरा भएको नृत्य प्रतियोगिताका प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए ।
प्रतियोगिता छनौटका लागी भोली कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले बिधिबत रुपमा उद्घाटन गर्ने आयोजकले बताएको छ ।
निहारीका फिल्मस् प्रा लिको आयोजनामा हुन लागेको उक्त नृत्य प्रतियोगिताको प्रथम राशी १ लाख रहेको आयोजक दिपक श्रेष्ठले बताए । निहारीका फिल्मस् प्रा.लिले बाँकेको कला सांस्कृतिक लाई प्रोत्साहन गर्न लाई यो नृत्य प्रतियोगिताको आयोजन गर्न लागीएको श्रेष्ठले बताए । नृत्य प्रतियोगिताका लागी देशभरबाट सबैले प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने आयोजकले बताएको छ ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाइृ १ लाख, द्धितिय हुनेलाइृ ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थान सम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिने पनि बताएको छ । प्रतियोगिताका लागी देश भरबाट सहभागी रहने पनि आयोजक ले बताएको हो । प्रतियोगिताको ६ भाग नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ ।

Next Post

पातारासीमा २० हजारको घुस काण्ड : कर्मचारी माग्छन् उपभोक्ता दिन्छन

२८ बैशाख २०७५, शुक्रबार १८:४३
सदरलाइन /शुभाकर विश्वकर्मा   २८ बैशाख, जुम्ला  : जुम्ला पातारासी गाउँपालिका सवओभरसियर मानबहादुर विष्टले उपभोक्तासंग खुलेआम २० हजार घुस मागेको पाईएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा सडक निर्माण गर्दा उर्थ ग्रामिण सडक मर्मत समितिलाई सव ओभर सियर विष्टले २० हजार रुपैया घुस मागेको पाईएको हो । वडा नम्बर ६ […]