सदरलाइनडटकम
२८ साउन, नेपालगन्ज : शुक्रबार साँझदेखि परेको वर्षातको कारण आएको बाढीले ल्याएको रुख अड्किदा पूर्वपश्चिम राजमार्गको गन्धैली खोला र गाभर खोलाको पुल बगाउदा आवगमन ठप्प भएको छ ।
शनिबार विहानदेखि अवरुद्ध भएको सो आवागमनलाई सुचारु गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक बिभाग तथा अन्य निकायको संलग्नता रहेको छ ।
घटनास्थल खहरे खोला भएको कारण पानीको बहाव तेज हुँदा बाटो सुचारु गर्नको लागि कठिन भएकोले समय लागेको घटनास्थल पुगेका बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार सडक विभाग तथा हेभि ईक्यूपमेन्टका प्रमुख तथा विभिन्न सरोकारवाला निकाय बाटो सुचारु गर्नको लागि बिहानैदेखि खटेको छ । सदरलाइनडटकमलाई प्राप्त जानकारी अनुसार शनिबार रातिसम्म बाटो सुचारु हुने बताईएको छ ।
Next Post
गृहमन्त्रीको बाढी प्रभावित क्षेत्रमा हवाई निरिक्षण
२८ श्रावण २०७४, शनिबार १९:५९
सम्बन्धित
-
२ कार्तिक २०७६, शनिबार १८:५४
‘सहकारी प्रतिको विश्वास जोगाउन सबै क्षेत्रबाट पहल गरौ’
-
१३ चैत्र २०७७, शुक्रबार १६:५७
राप्तीसोनारीका ३०७ लाई प्रशासनमा खानासहित नागरिकता
-
३२ श्रावण २०८०, बिहीबार १४:२०
विपदमा दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका
-
२४ फाल्गुन २०८०, बिहीबार १७:१६
भन्सार गेट अगाडि अवरुद्ध रात्रिकालीन आवागमन सुचारु गराइने
-
२९ माघ २०७४, सोमबार १७:२३
नेपाल उद्योग संघको अध्यक्षमा बाँकेका ओमप्रताप राणा
-
१४ चैत्र २०७९, मंगलवार १२:३८
भारतका कारण सात सय टन जडीबुटी गोदाममा सड्दै