
बर्दिया : सशस्त्र प्रहरी बल, नेपाल नं.३१ गण हेड क्वाटर बर्दियाको आयोजना जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा तथा प्लान इन्टनेशनल नेपाल र बि–ग्रुपसंगको सहकार्यमा बर्दियाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी विपद व्यवस्थापन स्वयमसेवक अनुशिक्षण तालिम सुरु भएको छ ।
बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले उद्घाटन गरेको सो तालिममा २५ जना सहभागि रहेका छन् । विपद व्यवस्थापन स्वयमसेवक अनुशिक्षण तालिम १० दिनसम्म सञ्चालन बताईएको छ ।

तालिमको उद्घाटन सत्रमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय जनप्रतिनिधी, स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्